Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – हिन्दु धर्ममा मन्दिरहरू सामूहिक आस्था प्रकट गर्ने केन्द्र हुन् । सभ्य समाजको कल्पनालाई मद्देनजर गर्दै यी मन्दिरहरूमा जाने र कर्मकाण्ड गर्ने केही नियम बनाइएका छन् । यस्ता नियममा जुत्ता चप्पल बाहिरै खोल्ने नियम पनि पर्छ । किन यसो गरिन्छ त ?

जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यो धातुबाट नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि माध्यम बन्छ । यस्तो पवित्र वातावरणमा जुत्ता चप्पलले पातालको नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ ।

अनि जुत्ता चप्पलमा धूलो र हिलो पनि टाँसिएको हुन सक्छ । यस्ता धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइदिन्छन् ।

हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो ।

मन्दिरको वातावरण सात्विकताका कारण सधैं शीतल हुन्छ । हामीले नांगो खुट्टाका साथ मन्दिरको प्रांगणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ ।

यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको छ । उसै पनि मन्दिरमा जुत्ता चप्पल विना नै हाम्रो मनले शान्ति र सात्विक वातावरण प्राप्त गर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया