Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

न मलाई बद्धनामी नेता बन्नु छ
नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ
केवल मलाई जीवन कटाउनु छ
साथी, आजकल म रक्सी पिउँछु ।

झुटको खेती गरेर जीवन धान्नु छैन मलाई
नत चापलुसी र चाकडी गरेर जीउनु छ मलाई
न म विश्वास पात्र बन्नै चाहान्छु
नत म षड्यन्त्रमा सामेल हुनै चाहान्छु
साथी, आजकल म केवल रक्सी पिउछु ।

छेकेर छेकिन्न बैमानीको धन्दा
खुल्ने छ एकदिन बद्धमासीको पर्दा
देखियो तिम्रा नाटक र नौटङकी
देखायौ यहाँ कपटीको चौचकी
साथी, आजकलम म रक्सी पिउछु

तिमिले बाटो विर्षे पनि
उकालीमा खुट्टा लरखराएपनि
खुर्सानी बीना भतेर अड्किन्न
यस्तालाई नेता मान्न पनि सकिन्न
साथी, आजकल म रक्सी पिउछु

थाहा छ मलाई तिमिले धोका दियौ
तिमि त आफ्नै थैलो भर्न तिर पो लाग्यौ
तिम्रो, आशा र भरोसा छैन अब मलाई
डट्नु छ आफै यहाँ जनसत्ता ल्याउनलाई
साथी, आजकल म रक्सी पिउछु ।

साथी, अब मैले रक्सी छोड्नु पर्छ
आँखा खेलेर सर्वत्र हेर्नु पर्छ
बैमानीको पर्दा च्यातेर
चापलुसी र चाकडीलाई चिनेर
नयाँ जनवादी क्रान्तिको बाटो खोल्नु पर्छ ।।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया