Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – एक महिलाले आफू चढेर आएको एअर क्यानडाको विमानमा आफूलाई एक्लै छोडिएको बताएकी छन् । उडानका बेला निदाएकी उनलाई विमान अवतरण गरेपछि कसैले पनि बिउँझाएन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत जुन ९ मा टिफनी एडम्स नाम गरेकी ती महिला क्युबेकबाट टोरन्टो जान विमान चढेकी थिइन् । उडानका बेला उनी निदाइन् र बिउँझिदा सीटमा पेटी बाँधेकै अवस्थामा थिइन् । विमानस्थलमा पार्क गरिएको विमानभित्र कठ्याङ्ग्रिने जाडो थियो र बाहिर निस्पट्ट अन्धकार । त्यो घटनापछि आफूलाई राति धेरै डर लाग्न थालेको उनले बताएकी छन् ।

एअर क्यानडाले अवतरण गरेपछि विमानभित्र यात्रु छुटेको घटनाको पुष्टि गर्दै त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ । विमान अवतरण गरेको केही घण्टापछि मध्यराततिर आफू बिउँझिएको र त्यतिबेला एकदमै जाडो र निस्पट्ट अन्धकार भएको विवरण एडम्सले फेसबुकमा लेखेकी छन् । उनका अनुसार त्यो ;डरलाग्दो’ अनुभव थियो ।

फोनबाट साथीलाई आफ्नो परिस्थितिबारे जानकारी दिँदै गर्दा एक मिनेट पनि नभई उनको फोनको ब्याट्री सकियो । विमान पूरै बन्द भएकाले उनले फोन चार्ज पनि गर्न पाइनन् । तर एडम्सकी साथीले विमानस्थललाई फोन गरेर एडम्स विमानभित्र अलपत्र परेको जानकारी गराइन् । एडम्सले विमानको ककपिटमा भेटिएको एउटा टर्च बालेर अरूको ध्यानाकर्षित गर्ने प्रयास गरेकी थिइन् । विमानबाट सामान ओसार्ने एक कर्मचारीले उनलाई देखे र आश्चर्यचकित भए ।

एडम्सका अनुसार उद्धार गर्न आएका एअर क्यानडा विमानसेवाका कर्मचारीले उनलाई गाडी र होटलको व्यवस्था गर्ने बताएका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गर्दै यथाशीघ्र घर फर्किने इच्छा व्यक्त गरिन् । विमानसेवाका प्रतिनिधिहरूले अनुसन्धानका क्रममा आफूलाई दुईचोटि फोन गरेको र क्षमा मागेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया