Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अमेजोनले अबको केही महिनामै सामान डेलिभरीका लागि आफै सञ्चालन हुने ड्रोन लन्च गर्ने बताएको छ । यसले केबल तीस मिनेटमै ग्राहक समक्ष डेलिभरी गर्न सक्ने बताइएको छ । बुधबार लस भेगसमा सम्पन्न कम्पनीको वार्षिक सम्मेलनमा सो घोषणा गरिएको हो ।

अमेजोनका अनुसार यसका नयाँ ड्रोनले कम्प्युटर दृश्य र मसिन लर्निङको प्रयोग गरी मान्छेको उपस्थिति पत्ता लगाउनेछ र सबै किसिमका अवरोधहरु पार गर्नेछ । साथै अवतरण गर्ने समयमा पनि यो आफै विशेष सतर्क रहने बताइएको छ । तर कम्पनीले ड्रोनले निश्चित रुपमा कहाँ डेलिभरी गर्नेछ भन्ने चाहिँ स्पष्ट बताएको छैन ।

अमेजोनको रिटेल व्यवसायमाथि नजर राख्ने जेफ वाइल्कले भनेका छन्, ‘प्याराग्लाइडरदेखि पावर लाइनसम्म, ड्रोनको बौद्धिक क्षमता अत्यन्तै सुरक्षित छ ।’ वाइल्कका अनुसार ती ड्रोनहरु पूर्णरुपमा विद्युतीय हुन् र २४ किलोमिटरसम्म उड्न सक्छन् र तीस मिनेटमै डेलिभरी गर्न सक्छन् भने २.३ किलोसम्मको भार उठाउन सक्छन् ।

अमेजोनले ड्रोन डेलिभरीमाथि लामो समयदेखि काम गरिरहेको छ । २०१३ मै अमेजोनका प्रमुख जेफ बेजोसले अबको पाँच वर्षमा ड्रोनले सबैको घरमा डेलिभरी गर्ने बताएका थिए ।

गत अप्रिलमा गुगल नियन्त्रित कम्पनीले अमेरिकी उडान विभागबाट भर्जिनियाका केही स्थानमा ड्रोनमार्फत डेलिभरी गर्ने अनुमति प्राप्त गरेको थियो । यसरी अमेजोनले पनि विभिन्न निरीक्षक एजेन्सीहरुसँग स्वीकृति प्राप्त गर्ने सम्बन्धी काम गरिरहेको वाइल्कले बताएका हुन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया