Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – फेसबुकको बिहीबार भएको वार्षिक साधारणसभाको मतदानसँगै मार्क जुकरबर्ग पुन: प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्। फेसबुकको अध्यक्षबाट जुकरबर्गलाई हटाउन गरिएको प्रयास विफल भएको छ।

फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जुकरबर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्‍याउन सक्ने तर्क गरेका थिए।जुकरबर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो।

‘संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरबर्गले दुईवटा महत्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ’ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले मतदानअघि भनेका थिए।

ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए। ‘मलाई थाहा छ यो त्यति सजिलो कदम नहुन सक्छ। तर यो महत्वपूर्ण कदम उनको हित र उनका लगानीकर्ताहरूको हितमा हुन्छ।’ एक वर्षभन्दा लामो समयदेखिको गोपनियता र सूचना सुरक्षासम्बन्धी प्रकरणहरूका बीचमा पनि फेसबुकले अपेक्षाभन्दा राम्रो कमाई गरेको छ र अझ धेरै मानिसहरूका माझ पुगेको छ।
साधारण सभामा जुकरबर्गले स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन आवश्यक ठानेनन्। उनले फेसबुकलाई निर्देशित गर्न गोपनियता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोहोर्‍याए। साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। अर्को समूहले भने फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका छन्। (एजेन्सीको सहयोगमा)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया