Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टिका उपाध्यक्ष पदम बिश्वकर्माद्वारा लिखित कथा संग्रह ‘तमसुक’ विमोचन भएको छ ।
कतारमा स्थापित साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा कतारको नज्मा स्थित दि गोरखा नेपाली रेस्टुरेन्टको सभाहलमा अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेमप्रसाद भट्टराईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मिया थिए बने विशेष अतिथि र विशिष्ट अतिथिमा एनआरएन कतारका अध्यक्ष नवीन पोख्रेल, तमसुकका लेखक पदम बिश्वकर्मा, कमला बिश्वकर्मा, सिला नकर्मी, चानक पोख्रेल, गणेशप्रसाद बन्जाडे, बिनोद खड्का, कुमार कार्की र तेज कटुवाल रहेका थिए।

ब्यानर उदघाटनसंगै नेपाली राष्ट्रिय गीत संगै सुरु गरिएको कार्यक्रममा सभापति प्रमुख अतिथि तथा विशेष अतिथिहरुको हातबाट कथा संग्रह तमसुकको सार्वजनिक गरिएको थियो।

कार्यक्रममा कतारमा कार्यरत डेढ दर्जन भन्दा बढी साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए। तमसुकका लेखक पदम बिश्वकर्माले बोल्दै कतारमा आउने धेरै पहिला देखिको सपना पूरा भएको जानकारी गराउदै अनेसास कतार र नवोदितले छोटो समयमा यस्तो भब्य कार्यक्रम सम्पन्न गरेर कतारको साहित्यलाई प्रत्येक्ष रुपमा श्रावण गर्ने मौका मिलाइदिएकोमा आभार प्रकट गर्दै तमसुक पढेर प्रतिक्रिया दिन पनि अनुरोध गरेका थिए।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया