Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो? यसबारे घट्नाका प्रत्यक्षदर्शी एक सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए – तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ ।

तत्कालीन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाहरुका साक्षी पनि हुन् राना । त्यस सम्बन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु यो पुस्तकमा पढ्न पाइने प्रकाशक संस्था किताव पब्लिसर्सले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडिसी राना भन्छन्, ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।’

प्रमुख एडिसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखै अगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीको वर्णन गरेका छन् । उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।’

पुस्तक दरबार हत्याकाण्डको वरिपरिमात्र घुमेको छैन । तत्कालीन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाईहरु ज्ञानेन्द्र-धीरेन्द्रसँगको सम्बन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि यसमा समाविष्ट छन् ।

राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ ।

समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो- ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया