Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ?

– समुन्द्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

– टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

– दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

– दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

– यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

– दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

–  यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

–  ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

– छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

– दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया