Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – वेलायतको साल्फोर्ड सहरमा वस्ने एक व्यक्तिले आफूले मानिसको जस्तो कहिल्यै महसुस नगरेको भन्दै पूर्ण रुपमा एक कुकुरको जीवनशैली अपनाएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

३७ वर्षीय काज जेम्सले वाल्यकालदेखि नै आफूले एक कुकुर भएको महसुस गरेकाले मानिसका रुपमा आफूलाई एकदमै अनौठो लाग्ने गरेकाले आफूले कुकुरको व्यक्तित्व र जीवनशैली अपनाएर जिउने गरेको बताएका हुन् ।

यसका लागि उनले कुकुरको भाडाबाट खानपिन गर्ने गर्छन्, कुकुरको जस्तो देखिन कुकुरको मुकुट लगाउँछन् र कुकुर जसरी नै साथीभाईहरूलाई भुक्ने, चाट्ने र टोक्ने गरेका छन् । त्यसैगरी उनी कुकुरजस्तै आफ्नो दाँतको प्रयोग गरेर चीजबीजहरू उठाउने समेत गर्छन् । यसका साथै उनले बाटोमा अरु कुकुर देख्दा तिनीहरूलाई पनि भुक्ने गर्छन् ।

यसरी कुकुरलाई आफूले भुक्दा वरिपरिका मानिसहरूले भने उनलाई निकै अनौठो मानेर हेर्ने गरेको बताउँछन् । साल्फोर्डमा स्टोर म्यानेजरका रुपमा काम गर्ने उनी आफ्नो कार्यक्षेत्रबाहिर भने कुकुरकै पहिरनमा देखिने गर्दछन् । जसका लागि उनले कुकुरको मुकुट, कुकुर बाँध्ने साङ्ग्लो र करीब २ हजार पाउण्ड परेको एक भुवादार पहिरन लगाउने गरेका छन् ।

जेम्सले सानैदेखि जहिले आफूले अरुभन्दा भिन्न महसुस गर्ने गरेको र १७ वर्षको उमेरमा पहिलोपटक इन्टरनेट चलाउँदा अनलाईनमा आफूजस्तै अरु पनि भेटिएकाले बल्ल सहज अनुभव गर्न थालेको बताएका छन् । त्यसैगरी उनले पहिलेदेखि नै साथीभाईहरूसँग भेट्दा पनि उनीहरूको सर्टको कलरमा दाँतले टोकेर वा कुकुर जसरी भुकेर र चाटेर अभिवादन गर्ने गरेको बताउँछन् । जेम्सका अनुसार उनले करीब ६ वर्षको हुँदादेखि कुकुरको जस्तो अनुभव गर्ने गरेका हुन् ।

तर अनलाईनमा आफूजस्तै अरुसँग च्याट गर्न थालेदेखि भन्ने आफू को हो भनेर चिन्न सुरु गरेको उनले बताएका छन् । जेम्सका अनुसार उनका लागि कुकुर हुनु नै उनको जीवनको सबथोक हो र उनले आफ्नो जीवनशैलीको हरेक पक्ष यसै अनुसार ढाल्दै लगेका छन् । कुकुरको जस्तो जीवन बाँच्ने गरेका जेम्सले घरमा दुईवटा कुकुर पनि पालेका छन् । त्यसैगरी उनले ‘डग ट्रेनिंग: हाउ टू ट्रेन अ ह्युमन पप’ नामको पुस्तक पनि लेखेका छन् ।

तपाईको प्रतिक्रिया