Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – अमेरिकाको टेक्सास राज्यको एक परिवारको सन् २००८ मा हराएको घरमा पालेको बिरालो एक दशकभन्दा बढी समयपछि फेला परेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फर्जी नाम गरेको उक्त बिरालोलाई उत्तर टेक्सासको कोलिन काउन्टीमा बस्ने फुल्टन परिवारले २००६ देखि पालेका थिए । २००८ मा उनीहरूले आफ्नो एक साथीलाई बिरालो र आफ्नो घर हेर्ने जिम्मा लगाएको बेला उक्त बिरालो एकाएक हराउन पुगेको थियो । तर यो हप्ता फुल्टन परिवारलाई स्थानीय भेटनरी अस्पतालबाट फर्जी फेला परेको खबर आएको थियो ।

त्यहींको एक स्थानीयले फर्जीलाई बाटोमा फेला पारेपछि भेटनरीमा लगेर बुझाएका थिए । फर्जीको शरीरमा राखिएको एक माइक्रोचीपलाई स्क्यान गरेपछि उक्त बिरालोलाई पालेको परिवारबारे अस्पताललाई सूचना प्राप्त भएको थियो । फुल्टन परिवारले फर्जीलाई घरमा पालेर राख्दा नै बिरालोको छालामा चामलको दाना जत्रो सानो रेडियो सिग्नल टिप्ने माइक्रोचीप राखेको थियो । फुल्टन परिवारले फर्जी यति धेरै वर्षपछि पुन: घरमा आउँदा सजिलै परिवारसँग घुलमिल भएको जनाएको छ ।

जनवारहरूका लागि काम गर्ने सँस्थाहरूले भने शरीरमा राखिने माइक्रो चीप स्क्यान गर्ने उपकरण सबै भेटनरीमा उपलब्ध नहुने भएकाले हराएका घरपालुवा जनवारहरूको सहज पहिचान गर्न उनीहरूलाई नेप्लेट सहितको कलर घाँटीमा बाध्नु उपयुक्त हुने सुझाव दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया