Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – दक्षिण कोरियाले ५ जी मोबाइल नेटवर्क सुरु गरेको छ । स्थानीय समयअनुसार बुधबार राती ११ बजे सियोलमा ५ जी सेवा लन्च गरेसँगै दक्षिण कोरिया ५ जी सेवा लन्च गर्ने विश्वकै पहिलो देश बनेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसको लन्चिङका लागि ५ अप्रिल तय गरिएको थियो तर अमेरिकी कम्पनीलाई पछि पार्न दुई दिन अगाडि नै सेवा सुरु गरियो । ४ जीको तुलनामा ५ जी २० गुणा छिटो चल्न सक्छ । दक्षिण कोरियाका ३ वटा टेलिकम कम्पनी एसके, केटी र एली युप्लसले यसलाई राष्ट्रव्यापी बनाउने योजना सुरु गरेका छन् । ५ जी सर्भिस पहिलो पटक दक्षिण कोरियाका ६ सेलिब्रेटी फोनमा एक्टिभ गरिएको थियो ।

५ जीको सर्भिसले देशका स्मार्ट सिटी र ड्राइभरलेस कारजस्ता क्षेत्रको विकासमा सहयोग पुग्ने र अर्थतन्त्र मजबुत हुने विश्वास दक्षिण कोरियाको छ । ५ जी सेवा सबैभन्दा पहिला सुरु गर्न दक्षिण कोरिया, चीन र अमेरिका रेसमा थिए । अमेरिकाको टेलिकम कम्पनी भेराइजनले ११ अप्रिलमा दुई शहरमा ५ जी सर्भिस सुरु गर्नेछ । चीनमा पनि यसको ट्रायल भइरहेको छ ।

तपाईको प्रतिक्रिया