Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – विश्वमा आफ्ना उत्पादनहरुबाट चर्को बजार बनाइरहेको एप्पल कम्पनीले एउटा उत्पादन चाहिँ बन्द गर्ने भएको छ । त्यो उत्पादन हो- वायरलेस चार्जिङ गर्न मिल्ने डिभाइस एयरपावर ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०१७ देखि उत्पादन सुरु गरिएको एयरपावरमा एकै पटकमा विभिन्न डिभाइसहरु चार्ज गर्न मिल्ने थियो । तर, एयरपावरको प्रयोग गर्दा यो अत्यन्त बढी तात्ने र यसको प्रयोगलाई आम मानिससम्म पुर्याउन नसकिएको भन्दै एप्पलले यसलाई बन्द गर्ने घोषणा गरेको हो । ‘हामीले धेरै प्रयास गरेपछि एउटा निष्कर्षमा पुगेका छौँ, एयरपावरले हाम्रो गुणवेत्ता धान्न सक्दैन र हामीले यो प्रोडक्ट बन्द गर्ने भएका छौँ,’ एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, यसबारे थप केही भनिएको छैन ।

यसअघि सेप्टेम्बर २०१७ मा एयरपावरबारे घोषणा गरिएको थियो । एप्पलका अनुसार यसलाई सन् २०१८ को सुरुवात देखि नै बजारमा उपलब्ध गराउने भनिएको थियो । तर, यो उत्पादन कहिल्यै पनि बजारमा आएन । ‘हामी ग्राहकहरुसँग क्षमा माग्छौँ,’ एप्पलका हार्डवेयर इन्जिनियरिङ प्रमुख डान रिसिसियोले भनेका छन्, ‘हामीलाई विश्वास छ अबको विश्व भनेको वायरलेस हो । र, हामी यसमा केही काम गर्न खोजिरहेका छौँ ।’

एप्पलले वायरलेस चार्ज हुने प्रविधिलाई बन्द गरे पनि सामसङ र हुवावेले आफ्ना उत्पादन वायरलेस चार्ज गर्न सकिने डिभाइसहरु बजारमा ल्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया