Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अण्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनननका क्रममा अण्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एकजना पुरातत्वविद् झाओ हेङमिङले बताए ।

“सेतो र पहेंलो अवस्थामा भेटिएका ती अण्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ,” उनले भने । अण्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अण्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ । प्राचीन चिनियाँ चिहानहरुमा अण्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अण्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अण्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया