Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईईयू) ले गरेको सर्वेक्षणमा पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका हुन् । विश्वका १३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा यी तीन शहर विश्वकै सबैभन्दा महङ्गो शहर पाइएको हो ।

अघिल्लो वर्ष भएको सर्वेक्षणमा शीर्ष १० शहरमा युरोपका चार शहर समावेश रहेका थिए । जसमा पेरिस दोस्रो नम्बरमा थियो ।

इकोनोमिस्टको तीस वर्षको इतिहासमा पहिलोपटक यी तीनवटा सहर एकैसाथ शीर्ष स्थानमा आउन सफल भएको रिपोर्टमा बताइएको छ ।

विश्वका १३३ शहरमा वस्तु तथा सेवाहरुको मूल्य तुलना गरि यो सूची निर्धारण गर्ने गरिएको छ । सर्वेक्षणको क्रममा साधारण खाद्य वस्तु जस्तै ब्रेडको मूल्य निरीक्षण गरिन्छ भने पछिल्लो वर्षको तुलनामा यी सहरमा बस्दाको लागतलाई न्युयोर्कसँग तुलना गरी महंगो र सस्तो छुट्याइन्छ ।

दुनियाको सबैभन्दा महंगा शहर
१. सिंगापुर (सिंगापुर)
२. पेरिस (फ्रान्स)
३. हङकङ (चीन)
४. ज्यूरिख (स्विट्जरल्याण्ड)
५. जेनेवा (स्विट्जरल्याण्ड)
६. ओसाका (जापान)
७. सिओल (दक्षिण कोरिया)
८. कोपेनहेगन (डेनमार्क)
९. न्यूओर्क (अमेरिका)
१०. तेल अवीव (इजरायल)
११. लस एञ्जलस (अमेरिका)

सबैभन्दा सस्तो सहरहरुको सूचीमा भने यसपटक अप्रत्यासित बदलाव देखा परेको छ । राजनीतिक स्थिरता र मुद्रामा भएको उतारचढावका कारण नै यसपटक अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाका सहर सबैभन्दा सस्तोमा पर्न पुगेका हुन् ।

सस्तो शहर
१. काराकस (भेनेजुएला)
२. दमाकस (सीरिया)
३. ताशकंद (उज्वेकिस्तान)
४. अलमाती (काजखस्तान)
५. बेंगलुरू (भारत)
६. कराची (पाकिस्तान)
७. लागोस (नाइजेरिया)
८. ब्यूनस आयर्स (अर्जेन्टीना)
९. चेन्नई (भारत)
१०.दिल्ली (भारत)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया