Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ले गत जेठमा आयोजना गरेको ‘खप्तड काव्य-यात्रा २०७५’ मा सहभागी कवि/लेखक तथा साइक्लिष्टहरूको अनुभवको  संगालो प्रकाशन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल पर्यटन बोर्डको प्रवर्धनमा भएको काव्य-यात्रामा २७ जना सहभागी थिए । उनीहरूले यात्राबाट फर्केपछि विभिन्न मिडियामा लेखेका लेखलाई किताबको रूपमा प्रकाशन गरिएको कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिनुभयाे । पुस्तकको मुल्य २२५ रूपैयाँ राखिएको छ  । पुस्तकमा सुदूरपश्चिमको पर्यटन विकासमा योगदान दिएका गोपी हमाल, अमरबहादुर शाही र कृष्णबहादुर महराको छोटकरीमा चिनारी दिइएको छ ।

लगत्तै काव्य यात्राका संयोजक अमृत भादगाउँलेले ‘खप्तड राष्ट्रिय निकुञ्ज’ शीर्षकमा खप्तड क्षेत्रको परिचय दिएका छन् । पुस्तकमा त्रिवेणीधाम, सहश्रलिङ्ग, केदारढुंगा, खप्तडताल, खप्तडबाबा आश्रम, साइक्लिङ, ट्राभल टिप्स र खप्तड काव्य सम्मानबारे पनि चर्चा गरिएको छ । यात्रामा कन्सेप्ट नेपालले तीन भुइँमान्छेहरू कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई दश(दश हजार रूपैयाँसहित सम्मान गरेको थियो । उनीहरूलाई राष्ट्रगानको लेखक व्याकुल माइलाको हातबाट सम्मानित गरिएको थियो ।

पुस्तकमा व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, तारानाथ पहारी, दीपेन्द्रसिंह थापा, घनश्याम खड्का, चन्द्र काफ्ले, आरके अदिप्त गिरी, उदय अधिकारी, देवेन्द्र बस्न्यात, सुरेन्द्र राना, हेमन यात्री, हेमन्त विवश, अमृत भादगाउँले र टोपेन्द्र शाहले अनुभव लेखेका छन् । यसमा कवि निमेष निखिलका कविता र गीतकार सागर उदासका मुक्तक पनि छ ।

काव्य यात्राकै अवसरमा खप्तडको साइक्लिङ पर्यटन सम्भावना समेत उजागर गरिएको थियो । प्रख्यात साइक्लिष्टहरू देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल र गोपाल श्रेष्ठले त्यसको अध्ययन गरेका थिए । पुस्तकमा उनीहरूका अनुभव पनि छन् । समग्रमा खप्तडलाई बुझ्न सघाउँछ यस पुस्तकले ।

तपाईको प्रतिक्रिया