Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

 

काठमाडौं- एक मिनेटमा विश्वमा के के हुन सक्छ ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन् यो क्रममा विश्वभरका मानिसले एक मिनेटमा डिजिटल माध्यममा के के गर्छन् भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्व डिजिटलाइज भएसँग सन् २०१७ र २०१८ बीचमा नै मानिसको डिजिटलाइज समाग्रीको प्रयोगमा व्यापक बढोत्तरी भएको पाइएको छ।। वर्ड वाइड वेभले प्रकाशन गरेको एक सूचनालाई आधार मान्ने हो भने सन् २०१७ मा ९ लाख मानिसले प्रतिमिनेट फेसबुक खोल्थे भने एक वर्षको अवधिमा यो बढेर ९ लाख ७३ हजार पुगेको छ। यस्तै सन् २०१७ मा ३ दशमलभ ५ मिलियन मानिसले प्रति मिनेट गुगल प्रयोग गर्थे भने  एक वर्षको अवधिमा यो बढेर ३ दशमलव  ७ पुगेको बताइएको छ।

यस्तै विगत एक वर्षको अवधिमा समाजिक सञ्जाल ट्वीटर  प्रयोगकर्ता प्रति मिनेट २९ हजारले वृद्धि भएको छन्। सन् २०१७ मा ४ लाख ५२ हजार प्रयोगकर्ता रहेको ट्वीटरको सन् २०१८ मा ४ लाख ८१ हजार प्रयोगकर्ताले एक मिनेटमा प्रयोग गरेको पाईएको हो। यस्तै एक मिनेटमा युट्युव प्रयोग गर्ने मानिसमा पनि निकै वृद्धि भएको छ। सन् २०१७ मा करिब ४ दशमलव १ मिलियन मानिसले एक मिनेटमा युट्यूव खोल्थे भने गएको वर्षको तथ्याङक अनुसार यो बढेर ४ दशमलव ३ मिलियन पुगेको थियो।

यस्तै गत वर्षको तथ्याडक अनुसार मानिसले एक मिनेटमा करिब १ सय ८७ मिलियन इमेल गरेका छन् यो आंकडा सन् २०१७ मा १ सय ५६ मिलियन रहेको थियो।***

तपाईको प्रतिक्रिया