Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – भनिन्छ सन्तान भगवानको वरदान हो । तर, जब एक दम्पतिले बच्चा जन्माउँछन् तब अभिभावकलाई पहिलो टाउको दुखाइ भनेकै शिशुको नाम के राख्ने भन्ने हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अझ अहिले शिशुका लागि नौलो नाम खोज्ने धुनमा धेरै बाबुआमा इन्टरनेटदेखि परामर्शदाताकहाँ सम्म पुग्ने गरेको पनि पाईन्छ । न्युजिल्याण्डका एक अभिभावकलाई भने त्यँहाको सरकारले खिन्न बनादिएको छ । एक अनुमानअनुसार न्युजिल्यान्डमा वार्षिक ६० हजार शिशुको जन्म हुन्छ, जसमा १ प्रतिशतले मात्र सरकारले तोकेको नाम राख्ने गरेका छन् भने ६६ प्रतिशत बालबालिकाको नाम नमिलेका कारण सुधार गर्न पठाइने गरेको छ ।

पछिल्लो पटक अभिभावकहरूले आफ्ना सन्तानलाई अलग देखाउन अश्लील लाग्नेदेखि सामाजिक सद्भाव खलल पार्ने किसिमका नामसमेत राख्न थालेपछि  उक्त समस्या समाधान गर्न न्युजिल्यान्ड सरकारले केही नाम राख्नै नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

जसमा अल्लाह, मिस, प्रिन्स, क्विन, रोयल, इम्पेरर, डुक, सर, किंग, रोयल्टी आदि जस्ता नाम रहेको छ । सन् २०१७ मा पनि न्युजिल्यान्ड सरकारले ४ सय ९४ वटा नामलाई प्रतिबन्धित सूचीमा राखेको थियो ।

तपाईको प्रतिक्रिया