Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  – नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको छ। फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो। फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।

अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ति रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो ।चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सूचीमा दुई स्थान माथि उक्लेका छन्।

फोर्ब्सले विश्वभरीका २ हजार २ सय ८ जना डलर अर्बपतिको सूचीमा चौधरी १५६१औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सूचीकृत थिए। फोर्ब्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्तर्गतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ। त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाएका छन्।

सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ति एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ। चौधरीको सम्पत्ति सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सीमित भएको थियो। त्यसपछि भने उनको सम्पत्ति बढ्दै गएको छ । फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिको सूचीमा विश्वभरीका २ हजार २ सय ८ जना अटाएका छन् जसमा २ सय ५९ जना नयाँ धनाढ्य समावेश छन्। यी सबैको सम्पत्ति जोड्दा ९ दशमलब १ ट्रिलियन डलर हुन आउँछ जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो।

सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन्। बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा २२ बिलियन डलर बढी छ। बेजोसको सम्पति १ सय १२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया