Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – कोरियामा काम गर्न जाने नेपाली कामदारले कम्प्युटर प्रणालीबाट भाषा परीक्षा दिनुपर्ने भएको छ । यो व्यवस्था सन् २०२० देखि लागू हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परिक्षामार्फत दक्षिण कोरिया जान नेपाली कामदारले हाल लेख्दै आएको कागजमा आधारित परीक्षा (पीबीटी) प्रणालीको विकल्प र व्यववस्थित बनाउन कम्प्युटरमा आधारित परीक्षा (सीबीटि) ल्याउने तयारी भइरहेको वैदेशिक रोजगार इपीएस शाखाले जानकारी दिएको छ । नेपाल सरकारले सन् २००८ देखि सरकारी स्तरमा श्रम सम्झौता गरी कोरियालाई नेपाली कामदार रोजगारीमा आपूर्ति गदै आएको छ ।

कोरियाको मानव संसाधन विकास केन्द्र (एचआरडी)ले आगामी वर्षदेखि (सीबीटी) मार्फत परीक्षा गराउने तयारी थाल्न इपीएस शाखालाई पत्राचारसमेत गरेको छ । सीबीटिमार्फत परिक्षा गराउन शाखाले आवश्यक पुर्वाधार निर्माणको काम धमाधाम गरिरहेको वैदेशिक रोजगार इपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिनुभयाे । उहाँका अनुसार दक्षिण कोरिया सरकारले विदेशी कामदार आपूर्ति गदै आएका देशमा यो वर्षदेखि कम्प्युटरमा आधारित परीक्षा सिवीटीमार्फत परीक्षा लिन शुरु गरेको छ ।

सन् २००८ यता ईपीएस भाषा परीक्षा पास गरेर करिब ५७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेको ईपीएस शाखाले जानकारी दिएको छ । जसमा महिलाको संख्या ५ हजार छ । नेपालबाट भाषा परीक्षा उत्तीर्ण गरेर वार्षीक ७ हजारको हाराहारीमा नेपाली कामदार रोजगारीका लागि कोरिया जाने गरेका छन् । कोरियामा राम्रो कमाइ हुने भएका कारण नेपाली युवाको आकर्षण पनि बढदै गएको छ ।

तपाईको प्रतिक्रिया