Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

सरकार,
अरिङ्गाल झैँ अब को माथि
जाई लागु ?
बलात्कारपछि हत्या भएकी
निर्मलाको आमाबाबु माथि जाईलागु की
सक्कली अपराधी बचाउन
नक्कली अपराधी बनाईएका
निर्दोषमाथी जाईलागु सरकार ?
तपाँईको अनुयायी म
जो सुकै माथि जाईलाग्न मन छ
तर अलिकति अलमलमा छु
बाटो नहेरी खाल्डाखुल्डी अगाडि
घ्याच्च घ्याच्च
ब्रेक लगाउदै गाडी र साईकल
चलाउने माथि जाईलागु की
कम्युनिस्टको सरकार बन्यो भन्दैमा
२ गुणा महङ्गीले बढ्दैमा आकाश नै
झर्यो झैँ कोलाहल गर्दै समान किन्न
किचकिच गर्ने
गरिब जनतामाथि जाईलागु सरकार ?
सिन्डिकेटको अन्त्य भयो भन्ने
सुखबरले हौसिएका जनताहरु
हात्ती आयो हात्ती फुस्स झैँ
परिणाम आएन भन्दै
प्रचार गर्ने फेसबुकेहरुमाथि जाईलागु की
स्थायित्व, विकास र समृद्धिको
नारा सुनेर बिश्वास गरेर तपाईंलाई
भोट दिने मतादातामाथि जाईलागु सरकार ?
कर्मचारी १/२ घण्टा ढिलो आयो वा चाँडो गयो भनेर
सरकारी ढिलासुस्ती र ब्यतिथि
बिरुद्ध कलम चलाउने पत्रकारमाथि
जाईलागु कि देशै भरी बेरोजगारी भत्ता बाढ्दापनि
परिवारलाई सुख दिन भन्दै बिदेशिएका
लाखौं युबाहरु फर्कदा आफन्तलाई ल्याएको सरसमान किन समातेको बिमानस्थलमा झिटीगुन्टा ऐन माथि धावा बोल्ने
युवामाथि जाईलागु सरकार ?
जताततै सुशासन, अमनचयन,
राम राज्य हुँदा पनि केही भएन भनेर बकबक गर्ने
केटौले बुद्धिजीवी माथि जाईलागु की
एक वर्षमा नै लोकप्रियताको
पहाड चुमेको सरकारप्रति कटाक्ष गरि
गीत गाउने (पशुपति) माथि जाईलागुँ सरकार ?
गरिब कर्मचारीहरुको पनि बालबच्चा छन्
भन्ने सामान्य हेक्का नराखी
सरकारी सुबिधा लिदा केही रकम टेबुलमुनिबाट कर्मचारीलाई
दिनु पर्यो भनेर बितण्डा मच्चाउने
सेबाग्रहीमाथि जाईलागु की
पखाला लाग्दा बिदेश दौडिने
नेता भएको यो देश
सिटामोलको माग गर्ने
कर्णालीका जनतामाथी जाईलागु कि सरका र?
आफूले उत्पादन गरेको तरकारी २ रुपैयाँमा
पनि बिक्री भएन भनेर खेतमा डोजर लगाउने
मूर्ख किसानमाथि जाईलागु कि बलियो र त्यति ठूलो
छिमेकीसंग जंगे पिल्लर किन सारिस भन्दै सिमानामा पाखुरा सुर्किने पाखण्डीमाथी जाइलागुँ सरकार ? सरकारले नै गोठमा लगेर जबर्जस्ती गाई बाधी दिए जस्तै गरि
दूधको उचित मुल्य पाईएन भन्दै  बाटोमा
दूध पोख्ने लाटो कृषकमाथि जाईलागु कि आयोजनाको
काम अलपत्र पर्यो भन्दै ठेकेदारमाथी आन्दोलन
गर्ने स्थानीयमाथी जाईलागु सरकार ?
साँघुरो बाटोमा केही गाह्रोसाह्रो हुन्छ भन्ने नसोची
अस्तब्यस्त सबारी साधनको ज्याजती विरुद्ध
आवाज उठाउने ७५ बर्से यात्रुमाथि जाईलागु कि
निशुल्क भिसामा पनि लाख लाख तिर्नु
पर्यो  भनेर केस गर्ने पीडितमाथी जाईलागु सरकार ?
को को माथि मात्रै जाईलागु सरकार
अलिकति अलमलमा छु
तपाईंको अनुयायी भएर सबका सबमाथि जाईलाग्न मन छ सरकार तर
एउटै कामना छ, अनुरोध छ मेरो सरकार तपाईं जनताको मनमा बसिदिनु
मात्र गरिब, दुखी र पीडितको मलम बनिदिनु
सबैको प्यारो नानी बनिदिनु
आहा मेरो सरकार भन्ने बनिदिनु

एकनारायण पौडेल
भमनपा वाड न-१३

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया