Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाण्डाै – वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विक्रम संवत् १९९८ असोज १ मा काठमाण्डाैमा जन्मनुभएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाण्डाै मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उहाँको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिनुभयो ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उहाँमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उहाँको निधन भएको जानकारी अस्पतालले दिएको उहाँँले बताउनुभयो । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।

उहाँ गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित हुनुहुन्छ । त्यस्तै २०७० सालमा उहाँलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया