Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  – घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिभाशाली कुकुर  ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।

केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी थिइन् । यसको साथसाथै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ ।

ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनी ग्रिफेनको बारेमा भन्छिन्, ‘मैले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकी थिएँ । उसले सधैँ त्यही गर्थ्याे जे मैले गर्थेँ ।’

उनले भनेकी छिन्, ग्रिफेन शारीरिक कामहरु फुर्तिका साथ गर्छ । जस्तै ढोका खोल्ने, लाइट जलाउने र इसाराकै भरमा कुनै पनि चिज उनी भएसम्म पुर्‍याउनमा ग्रिफेन पोख्त भएको उनले बताएकी छिन् ।

यसको साथै महत्वपूर्ण कुरा त के छ भने, ग्रिफेनको सहयोगले ब्रिटेनीलाई डिप्रेशन, थकाइ उत्पन्न गराउने किसिमका डरहरुबाट मुक्ति मिलेको छ ।

ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाौडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो ।

ब्रिटनी र ग्रिफेनले उत्तरी क्यारोलाइको फोर्ट ब्रेगमा इन्टर्नशिप पनि गरिसकेका छन् । उनीहरुले गतिशीलताको कमीका साथसाथै मनो-सामाजिक विकारसँगै सैनिकहरुलाई सहायता पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया