Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  सबैलाई थाहा छ, बाघले अर्को जनावरको शिकार गरेर आफ्नो भोक मेट्छ । तर मध्यप्रदेशको कान्हा राष्ट्रिय पार्कमा एउटा बाघले अर्को बाघलाई मारेर खाएको छ ।यस्तो घटना निकै दुर्लभ हो । तर विभिन्न बाघ संरक्षण केन्द्रमा यस्ता घटना सार्वजनिक भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कान्हा राष्ट्रिय पार्कका रिसर्च अफिसर राकेश शुक्लाले भने, ‘१९ जनवरीमा पेट्रोलिङको क्रममा एउटा बाघको हड्डी भेटिएको थियो । यो बाघलाई अर्को बाघले खाइरहेको देखिएको थियो । यद्यपी, जसलाई मारियो त्यो बाघ थियो वा बघिनी थियो भन्ने स्पष्ट छैन ।

यसबारे अनुसन्धान भइरहेको छ । तर उसको हड्डीले थाहा हुन्छ कि बाघ करिब साढे एक वर्षको हुनुपर्छ । मार्ने बाघ चारदेखि पाँच वर्षको हो । दुबैबीच झगडा भएको थियो ।’आफ्नो प्रजातीको जीवलाई खानु सामान्य कुरा होइन ।

यसलाई कयानबलिज्म भनिन्छ । जस्तै, मानिसमा यस्तो हुनु अस्वभाविक मानिन्छ त्यस्लै अन्य प्रजातिमा पनि यो निकै कम देखिन्छ ।तर यस्तो हुनुको पछाडि के कारण हुनसक्छ । दुई बाघबीच झगडा हुनु सामान्य हो तर एक–अर्कालाई मारेर खाने स्थिती नै किन निम्तियो ?

के हो कारण ?

यससम्बन्धि वाइल्ड लाइफ एक्टिभिस्ट अजय दुबेका अनुसार यस्तो निकै कम हुने भएपनि यस्ता घटना पहिले नभएका भने होइन । उनी भन्छन्, ‘यो बिग क्याट फ्यामिलीको बानी नै हुन्छ । उनीहरु झगडा गर्दा मर्ने मार्ने स्थितीमा पुग्छन् । कहिलेकाँही खान्छन् पनि ।’

उनी थप्छन्, ‘जब बाघ झगडा गर्दा अत्यधिक रिसाउँछ तब यस्तो हुन्छ । यसरी खानुको अर्थ भोक मेटाउनु होइन, यसको अर्थ हो अत्यधिक रिस । उनीहरुले आफ्नो रिस निकाल्नलाई शवलाई क्षत–विक्षत गरेर छोडिदिन्छन् । त्यसपछि अन्य जनावर पनि त्यो शवलाई खाने गर्छन् ।’

बाघमा तनावः

बाघबीच झगडा भइरहन्छ तर मारेर खानु बाघको मानसिक स्थितीतर्फ पनि इशारा गर्छ ।

अजय दुबे भन्छन्, ‘यति धेरै रिस तनावका कारण पनि हुनसक्छ । यो मलाई तनाव व्यवस्थापनमा असफल हुनुको परिणाम लाग्छ । बाघ अत्यधिक तनावमा हुनसक्छ र यस्तो तनाव किन, त्यसबारे अनुसन्धान गरिनुपर्छ ।

यो अत्यधिक पर्यटकको आवागमनका कारण पनि हुनसक्छ । पर्यटकका भीडका कारण तनाव बढ्ने गर्छ र यस्तो घटना निम्तिन सक्छ ।’

तपाईको प्रतिक्रिया