Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि ।

बर्गरका पारखी हुन् गेट्सः

गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् ।

माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

ट्रम्पमाथि निशानाः

गेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’

फेसबुकमा यो फोटोले अहिलेसम्म २० हजार बढी लाइक पाइसकेको छ । फोटो १६ हजार बढी पटक सेयर भइसकेको छ । गेलोसका अनुसार बिल गेट्स कहिले पनि प्रचारको भोको रहेनन् उनी निकै मिलनसार छन् तर उनलाई थाहा छ कि उनलाई मानिसहरुले सेलिब्रिटीको रुपमा हेर्छन् ।

सधैं निकै साधारण रहेः

बिल गेट्सले पहिले पनि अन्तर्वार्तामा आफूलाई कुनै विशेष व्यक्तिको रुपमा हेर्ने कुनै शौख नभएको बताइसकेको छन् ।

तपाईको प्रतिक्रिया