Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् ।

ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ ।

नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा सर्वेक्षण गरेको छ जसअनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् ।

यो सर्वेक्षण हरेक १० वर्षमा गरिन्छ जसले ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी प्रदान गर्छ ।

हालैको सर्वेक्षणको नतिजा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको थियो । यो सर्वे तीन हजार युवायुवतीमाथि थरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भयो ।

के भन्छ सर्वेः

युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।

जब उनीहरुसँग थप विस्तृतमा कुरा गरियो तब धेरैजसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए जबकी केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए ।

धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए । आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध नै बनाएको बताए ।

सम्बन्धका लागि मर्जी वा दबाबः

यो सर्वेक्षणमार्फत यौन क्षमता र इच्छाबारे पनि जानकारी लिन खोजियो । यसमा दुई पार्टनरबीच सहमतीमा यौन सम्बन्ध स्थापित गरिन्छ वा साथीहरुको दबाबमा आएर उनीहरुबाट प्रभावित भएर यस्तो हुन्छ भन्नेबारे पनि अनुसन्धान गरियो ।

लगभग पाँचमध्ये एक युवती र १० मध्ये एक युवकले आफूहरु समान रुपले यसका लागि तयार नभएको बताए । कतिले सम्बन्ध बनाउनका लागि दबाबको कुरा स्विकार गरे ।

एनएटीएसएएल सर्वेक्षणकी संस्थापक प्राध्यापक केय वेलिंग्स भन्छिन्, ‘हरेक युवायुवती भिन्न हुन्छन् । कोही १५ वर्षको उमेरमा पनि यसका लागि तयार हुनसक्छन् भने कोही १८ वर्षको हुँदासमेत असहज महसुस गर्न सक्छन् ।’

सहअनुसन्धानकर्ता मेलिसा पाल्मर भन्छिन्, ‘हाम्रो शोधबाट पत्ता लाग्छ कि यौन सम्बन्धका लागि युवकको सटो युवती आफ्नो पार्टनरको तर्फबाट बढी दबाबमा रहन्छन् ।’

डा. मेलिसा यो अनुसन्धानमार्फत सार्वजनिक भएका केही सकारात्मक कुराबारे पनि जानकारी दिन्छिन् । उनी भन्छिन्, ‘यद्यपी, सर्वेक्षणमा केही सकारात्मक नतिजा पनि पाइएका छन् । जस्तै १० मध्ये ९ व्यक्तिले पहिलो पटकको यौनसम्बन्धका बेला विश्वासिलो गर्भनिरोधकको प्रयोग गरेको बताएका थिए ।’

उनका अनुसार युवाले स्कूलमा पाउने यौनशिक्षामार्फत पनि यौनसम्बन्धबारे थप जानकारी पाउन सफल भएका छन् ।

सही समय के हो ?

यदि तपाईं कुन उमेरमा यौन सम्बन्ध स्थापित गर्ने भन्नेबारे सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले आफूसँग यो प्रश्न सोध्नुहोस्ः

– के तपाईंलाई यो सही समय हो जस्तो लाग्छ ?

– के तपाईं आफ्नो पार्टनरलाई प्रेम गर्नुहुन्छ ?

– तपाईं तपाईंको पार्टनरले पनि तपाईंलाई त्यति नै प्रेम गर्छन् ?

– के तपाईंहरुले यौन संक्रमित रोग र एचआईबाट बच्नका लागि कण्डम प्रयोग गर्नेबारे कुराकानी गर्नुभएको छ ? के यो कुराकानी ठिक रह्यो ?

– के तपाईंहरु दुईले गर्भधारणबाट बच्नका लागि गर्भनिरोधकको बन्दोबस्त मिलाउनु भएको छ ?

– के तपाईं कुनै पनि बेला ‘नाई’ भन्न सहज महसुस गर्नुहुन्छ ? र के तपाईं यसलाई स्विकार गर्न सक्नुहुन्छ ?

यदि तपाईं यी सबै प्रश्नको जवाफ ‘हो वा छ’ मा दिनुहुन्छ भने यसको अर्थ हो तपाईंको यो सही समय हो ।

तर तल दिइएका प्रश्नको जवाफ पनि यदि तपाईं ‘हो’ मा दिनुहुन्छ भने हुनसक्छ यो तपाईंको लागि सही समय होइन ।

– के तपाईं पार्टनर वा साथीहरुबाट दबाबको महसुस गरिरहनुभएको छ ?

– के तपाईंलाई त्यसपछि अफसोस होला ?

– के तपाईं आफ्ना साथीलाई प्रभावित गर्न वा उनीहरुको बराबरीमा आउन यौन सम्बन्ध स्थापित गर्न चाहुनुहुन्छ ?

– के तपाईं आफ्नो पार्टनरलाई खुसी बनाउन वा सम्बन्ध कायम राख्नका लागि मात्रै यौन सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ ?

स्रोतः एनएचएस चोइसेज

सेक्सुअल हेल्थ च्यारिटी ब्रुककी इजाबेल इन्मान भन्छिन्, ‘हामीलाई पूरा विश्वास छ कि यौनशिक्षा चाँडै नै सुरु हुनुपर्छ जसमार्फत मानिसहरुलाई सही समयमा सकारात्मक निर्णय लिन सक्षम हुन् ।’

तपाईको प्रतिक्रिया