Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – नेपालको पशुपतिनाथ मन्दिरमा पनि सुनको छाना रहेको छ । तर, भारतमा एउटा यस्तो मन्दिर छ जुन १५ सय किलो शुद्ध सुनबाट बनेको छ । भारतको तमिलनाडुस्थित भेल्लोर सहरस्थित लक्ष्मी नारायणी मन्दिर सुनले बनेको सुनौलो मन्दिर हो ।दक्षिण भारतको यो मन्दिर झण्डै १ सय एक्कड क्षेत्रफलमा फैलिएको छ । १५ सय किलो शुद्ध सुन प्रयोग भएको यो मन्दिर बनाउनका लागि ७ वर्ष लागेको थियो । यो मन्दिरमा विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिर हो । मन्दिर बनाउनका लागि ३ अर्ब भारु खर्च भएको बताइन्छ । दिन ढल्दै जाँदा जब बिजुली बालिन्छ र अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य पहेँलपूर हुन्छ । निकै अद्भूत देखिन्छ ।सन् २००७ को अगष्ट २५ तारेखमा यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको हो । रोचक कुरा त के भने यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको हो । सुनका पाता बनाउने र जडान गर्ने कुनै पनि कार्यमा मेसिनको प्रयोग गरिएको छैन । साथै यो मन्दिरको एक एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ ।यो मन्दिरभन्दा अगाडि भातरको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ । -एजेन्सीको सहयोगमा

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया