Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – भारतको जेसलमेरको रामगढस्थिती सरकारी अस्पतालका चिकित्सकले प्रसवको क्रममा बच्चाको खुट्टा यति जोडले ताने कि बच्चा दुई टुक्रा भयो ।

बच्चाको कुमसम्मको भाग त बाहिर आयो तर टाउको भित्रै अड्कियो । चिकित्सकले परिवारका सदस्यलाई केही नभनी महिलालाई जेसलमेर रिफर गरिदियो । जेसलमेरबाट जोधपुर पठाइयो जहाँ यो घटनाबारे पर्दाफास भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आखिर भयो के ?

तीन दिनअघि दीक्षा कंवरलाई प्रसव पीडा भएपछि उनका परिवारका सदस्यले रामगढ अस्पताल लगे । त्यहाँ भर्ना गरेपछि चिकित्सकले बिरामीलाई जेसलमेर लैजान आग्रह गरे । तर परिवारका सदस्यलाई प्रसवको क्रममा बच्चाको टाउको भित्रै अड्किएको भन्ने जानकारी दिइएन ।

रामगढ अस्पतालका चिकित्सा प्रभारी डा. निखिल शर्माले यसबारे स्पष्टिकरण दिँदै भने, ‘जब सुत्केरीलाई अस्पताल पुर्याइयो तब यहाँका चिकित्सकले उनलाई प्रसव कक्षमा पुर्याए । त्यहाँ उनीहरुले बच्चाको खुट्टा बाहिर आइरहेको र उसको मृत्यु भइसकेको थाहा पाए । हाम्रो अस्पताल सुविधासम्पन्न नभएकाले सुत्केरीलाई जेसलमेर रिफर गरिएको हो ।’

जेसलमेरका डाक्टरले भने, ‘मलाई बच्चा निकालिसकेको बताइयो’

जेसलमेरको जवाहर अस्पतालका डाक्टर रबिन्द्र सांखलाका अनुसार उनलाई रामगढको अस्पतालले महिलाले बच्चा जन्माइसकेको तर गर्भनाल र साल भित्रै अड्किएको बताएका थिए । उनले भने, ‘राती १ बजे मैले गर्भनाल निकाल्ने प्रयास गरेँ तर उनको स्थिती मैले बुझ्न सकिरहेको थिइनँ ।

त्यसपछि मैले महिलाको स्वास्थ्य स्थिर बनाएर पुनः अर्को दिन प्रयास गरेँ, त्यतिबेला पनि स्थिती असामान्य थियो । पछि महिलालाई जोधपुर रिफर गरियो । जोधपुरको उम्मेद अस्पतालमा चिकित्सकले महिलाको पुनः प्रसव गराउँदा बच्चाको टाउकोमात्रै निस्कियो ।’

जवाहर अस्पतालकी स्त्रीरोग विशेषत्र एवं पिएमओ डा. उषा दुग्गडले आफ्नो जीवनकालमा अहिलेसम्म यस्तो कहिले पनि नदेखेको बताइन् । उनले भनिन्, ‘बच्चाको दुई टुक्रा कसरी भयो, त्यो अनुसन्धानको विषय हो । रामगढ पुलिस जब यहाँ आए, तब मैले यसबारे जानकारी पाएकी हुँ । रामगढ अस्पतालमा यस्तो घटना हुँदा पनि महिलाका परिवारलाई केही जानकारी नदिई जेसलमेर रिफर गर्नु नै ठूलो कुरा हो ।’

परिवारका सदस्य बच्चाको टाउको लिएर थाना पुगेः

जोधपुरमा डाक्टरले बच्चाको टाउको परिवारका सदस्यलाई सुम्पिएका छन् । त्यसपछि उनीहरु बच्चाको टाउको लिएर एफआइआर दर्ता गर्न रामगढ पुलिस थाना पुगे । पुलिसले त्यहाँका स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा उनीहरुले बच्चाको शरिर सुम्पिए । त्यसपछि मुद्दा दर्ता गरियो । उपनिरिक्षक जालमसिंहले बच्चाको दुई भागको भिन्न भिन्न पोष्टमार्टम गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया