Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  अमेरिकाको एरिजोना राज्यमा एक अस्पतालमा कोमामा १० वर्षदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । ती महिलामाथि यौन उत्पीडन भए नभएको बारेमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी महिला त्यहाँको फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकमा भर्ना भएकी थिइन् ।

अमेरिकी टिभी च्यानल सीबीएसका अनुसार उनले जन्म दिएका शिशुको अवस्था सामान्य छ । उक्त च्यानलका अनुसार त्यहाँका अन्य कर्मचारीलाई महिला गर्भवती भएको थाहा नभएको पनि बताइएको छ । यी महिलाको पहिचान गोप्य राखिएको छ ।

फिनिक्स प्रहरीले यो घटनामाथि अनुसन्धान भैरहेको बताएको छ । सीबीएसका अनुसार यी महिलाले २९ डिसेम्बरमा बच्चालाई जन्म दिएको बताएको छ । टीभी च्यानलको रिपोर्ट अनुसार अस्पतालका कर्मचारीहरुले पनि महिला गर्भवती भएको कुरा बच्चा जन्मिएको दिन मात्र थाहा पाएका हुन् ।

कोमामा रहेकी महिलाले बच्चा जन्माए पछि अस्पतालले अब बिरामी महिलालाई भेट्न कोही पुरुष जाँदा अस्पतालकै एक महिला स्टाफ पनि सँगै लैजानु पर्ने नियम बनाएको छ ।

तपाईको प्रतिक्रिया