Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

वासिंटन –  विश्वकै सबैभन्दा ठूलो कम्पनीमा सामेल अमेरिकी कम्पनी ‘एप्पल’ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो । गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो ।

विश्वबजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो ।

त्यतिबेला एप्पलको शेयर उकालो लागेको थियो । हाल एप्पलको शेयरमा भारी गिरावट आएको छ । आइफोन बिक्रीमा आएको गिरावटका कारण यो अवस्था आएको एप्पलले जनाएको छ ।

पहिला नयाँ आइफोन बजारमा आउनासाथ उपभोक्ताको लाइन लाग्ने गर्दथ्यो तर, पछिल्ला दिनमा यो अवस्था अन्त्य हुँदै गएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण चीनमा आइफोनको व्यापार घटेको बताइन्छ ।

चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारण पनि एप्पलको कारोबार घटेको विश्लेषकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया