Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – युवापुस्तामा फेसबुक, म्युजिकल्ली, ह्वाट्सएप जस्ता नेटवर्किङ माध्यमको लत लागेको हुन्छ । केहीको गेम खेल्ने लत हुन्छ । हड्डीरोग विशेषज्ञले सामाजिक सञ्जालको धेरै प्रयोगले हातका औँला र ढाडमा समस्या देखिने बताउँदै आएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजिक सञ्जाल फेसबूक, ह्वाटसएपको प्रयोग दिनानुदिन रुपमा बढ्दै गइरहेको छ । लगातार च्याटिङ या म्यासेजिङ गर्दा मनोवैज्ञानिक रुपमा पनि असर पर्ने डाक्टरहरु बताउँछन् । ट्याबलेट या मोबाइलमा सामाजिक सञ्जाल चलाउनेले धेरै टाइप गरिरहँदा यसको असर हातमा पनि परेको हुन्छ ।डाक्टरहरुका अनुसार टचस्किृन मोबाइल प्रयोग गर्ने व्यक्तिका औँलामा असर पर्न सक्छ । यति मात्र होइन, कहिलेकाहीँ यसैका कारण गम्भीर आर्थराइटिस पनि हुन सक्छ । यस्तै गेम खेल्दा पनि डिभाइसमा लामो समय रहँदा युवा तथा बच्चामा यो समस्या देखिने सम्भावना अझ बढी हुन्छ ।

यसकारण डाक्टरहरुले मोबाइलको धेरै प्रयोग नगर्न सुझाव दिने गरेका छन् । तर पछिल्लो समय युवापुस्तामा मोबाइलको प्रयोग नशाजस्तै भएको पाइन्छ ।

तपाईको प्रतिक्रिया