Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
unn.prixa.net

अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई भव्य रुपमा स्वागत गरिएको छ । विश्वका विभिन्न देशका विभिन्न शहरमा भव्य आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जर्मनीको ओल्डनबर्ग शहरमा रहेको चर्चित किल्लामा आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिँदै

नयाँ वर्षको स्वागतमा सजिएको अष्ट्रेलियाको सिड्नी हार्बर ब्रिज

नयाँ वर्षको स्वागतमा सिंगापुरको मरीना बिचमा आधा रातमा हजारौँ मानिस उपस्थित भएका थिए । आतिशबाजीको यो तस्बिरको पछाडि मरीना बे सेन्ड्स होटल देख्न सकिन्छ । जुन होटल ५५ तलाको रहेको छ भने टपमा स्विमिङ पुल बनाइएको छ ।

मलेसियाको क्वालालुम्पुरको आकाश पनि नयाँ वर्ष २०१९को स्वागतमा रंगीन बनेको थियो । पेट्रोनास टावरको नजिक हजारौँ मानिस नयाँ वर्षको स्वागतमा उपस्थित भएका थिए ।

ताइवानको राजधानी ताइपेईमा रहेको गगनचुम्बी भवनलाई यसरी सजाइयो । १०१ तलाको यो भवनलाई सजाउन विभिन्न रंगको आतिशबाजी गरिएको थियो ।

नयाँ वर्षको स्वागतमा हङकङ पनि अछुतो रहेन, हङकङको आकाश पनि सन् २०१९ को स्वागतमा चम्कियो

हंगेरीको राजधानी बुडापेस्टभन्दा २०७ किलोमिटर पर रहेको हाएदुसाबुज्लो शहरमा बिगुल बजाएर नयाँ वर्षको स्वागत गरिँदै

चीनको बेइजिङमा नयाँ वर्षलाई स्वागतका लागि विभिन्न कार्यक्रमको आयोजना गरियो ।

नयाँ वर्ष सुरु हुनुभन्दा केही घण्टा अगाडि लिएको प्यालेस्टाइनको गाजा पट्टीमा रहेको खान यूनिस राहत शिविरको तस्बिर । विश्वमा भैरहेको परिवर्तनका बारेमा अन्जान रहेका यी बालबालिका आफ्नै तालमा खेलिरहेका छन् ।

इन्डोनेसियाको जकार्तामा सलामत दातांगको अगाडिको आतिशबाजीको तस्बिर

फ्रान्समा नयाँ वर्षलाई स्वागत गरिएकै बेला एकजना व्यक्ति पेट्रोलियम पदार्थको मूल्यवसद्धिको विरोध गर्दै, उनले ‘हामीलाई शुभकामना चाहिँदैन’ लेखिएको पोस्टर लिएर उभिएका छन् ।

तपाईको प्रतिक्रिया