Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – कागती आफ्नो अमिलो स्वादका कारण खानामा खुबै प्रयोग गरिन्छ । तर यसका केही विशेष गुणका कारण यसको प्रयोग सौन्दर्य बढाउनका लागि र घरको सरसफाईमा पनि अत्यधिक गरिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आउनुहोस्, कागतीका यस्ता सात उपायबारे जानकारी लिऔं जसले तपाईंको घरको हरेक कुनालाई चम्काउनेछः

१. माइक्रोवेभलाई सफा गर्नका लागि एक कप पानीमा कागतीको टुक्रा काटेर त्यसलाई माइक्रोवेभमा १५ मिनेटका लागि तातो हुन दिनुहोस् । त्यसपछि यसलाई निकाल्नुहोस् र त्यसलाई किचन टावेलले सफा गर्नुहोस् । यस्तो गर्दा तपाईंको माइक्रोवेभ नयाँ जस्तै हुनेछ ।

२. डस्टबिनबाट दुर्गन्ध हटाउनका लागि यसमा राम्रोसँग कागतीको रस हाल्नुहोस् र चिसो पानीले धुनुहोस् ।

३. चपिङ बोर्डबाट फल र तरकारीको दाग हटाउनका लागि कागतीको टुक्रामा नुन राखेर यसमा रगड्नुहोस् । दाग र तरकारीको गन्ध दुबै हट्छ ।

४. कपडाबाट दाग हटाउनका लागि कागतीको टुक्रालाई त्यो दागमा रगड्नुहोस् र यसलाई धोएर घाममा सुकाउनुहोस् । दाग गायब हुनेछ ।

५. बाथरुममा राखिएको स्टिलको धारामा लागेको दाग हटाउनका लागि पनि कागती निकै उपयोगी हुन्छ ।

६. सिंक सफा गर्नका लागि कागतीलाई नुनमा निचोरेर एउटा गाढा पेस्ट बनाउनुहोस् र त्यसलाई साबुनको घोलसँग मिसाएर सिंक सफा गर्नुहोस् ।

७. तपाईं झ्यालको सिसा, सिसाको ढोका र आफ्नो कारको सिसामा पनि कागतीको रस मिसाएर सफा गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया