Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कास्की – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु हुँदैछ ।

‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी हुँदैछन् ।

महोत्सवमा सहभागी हुने अन्तर्राष्ट्रिय लेखकहरुमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियरलगायत रहेका छन् ।

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल साहित्य महोत्सव भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको बताउँछन् । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ ।

महोत्सवकाका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाई छ ।

महोत्सवको उद्घाटनका प्रमुख अतिथि नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान पुर्याएका जर्ज जोन र एलियाम्मा जाने रहेका छन् । महोत्सवको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि सहभागी हुनुहुनेछ ।

महोत्सवको उद्घाटनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विद्वत प्रवचन दिनुहुनेछ भने पत्रकार तथा लेखक हरिबहादुर थापाले परिचयात्मक मन्तव्य दिनुहुनेछ ।

महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक कार्यक्रमसँगै पुस्तकमाथि छलफल कार्यक्रम पनि रहेको छ । जसलाई संयोजन गर्नेछन् नेपाली चलचित्रका महानायक राजेश हमालले ।

तपाईको प्रतिक्रिया