Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर-कलंकी सडकखण्डको काम सकिएको छ । नेपालको तर्फबाट गर्नुपर्ने केही कामबाहेक चीनले जिम्मा लिएको सबै काम सकिएको हो ।चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले शनिबार आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण नेपाललाई हस्तान्तरण गर्दैछ । सडक निर्माणको काम सकिएपछि कलंकी–कोटेश्वर सडक चिल्लो, फराकिलो र आकर्षक बनेको छ ।यो सडकमा यात्रा गर्दा धेरैले विदेशको झल्को मिलेको प्रतिक्रिया दिने गरेका छन् । यो सडकखण्डमा अहिले जाम पनि कम भएको छ । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो ।चिनियाँ ठेकेदार कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो । यो चीनकै अनुदान रकम हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया