Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –   अमेरिकाको अलास्का दक्षिणी केनाई प्रायद्वीपमा शुक्रबार बिहान ७.० तीव्रताको शक्तिशाली भूकम्प गएको केही समयपछिको ५.७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।

सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ । भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।

‘भूकम्पको झट्का निकै शक्तिशाली थियो,’ एन्कोरेजका मेयर इथन बेर्कोविट्जले भने । ‘हामीलाई पहिले नै लागेको थियो कि यसअघि अनुभव गरिएका भूकम्पभन्दा यो शक्तिशाली थियो । हामी बारम्बार भूकम्प आइरहने देशमा छौं तर यसपटकको ठूलो थियो ।’

सोसल मिडियामा भूकम्पपछि श्रृजना भएको हताहतीको भिडियो सार्वजनिक भएका छन् ।

‘भूकम्प निकै डरलाग्दो थियो,’ अलास्का निवासी क्रिस्टिन डोसेटले सिएनएनलाई भनिन् ।

‘भूकम्पका झट्का सामान्य लाग्ने यो क्षेत्रमा मैले ३७ वर्षमा पहिलो पटक यो भूकम्प मलाई भयानक लाग्यो,’ उनले भनिन् ।

एन्कोरेजका अधिकारीका अनुसार अहिलेसम्म कसैको मृत्यु भएको र गम्भीर घाइते भएको खबर सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया