Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं । धेरैले इलामलाई स्वर्गको उपमा दिन्छन् । कसैले यसलाई ‘नकुँदिएको हिरा’ -‘अ नै अ को जिल्ला’ समेत भन्ने गरेका छन् । एउटामात्र हैन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरू जो कोहिलाई मन पर्छन् ।कृत्रिम ढंगले पनि सिंगार्न सके पर्यटकीय हिसाबमा इलाम अब्बल गन्तव्यको रुपमा चिनिन सक्ने विज्ञहरू बताउँछन् । साँच्चै भन्ने हो भने यी पर्यटकीय गन्तव्यहरूको स्याहार पुग्न सकेको छैन । अग्र्यानिक चिया, ओलन, अकवरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्दापदमा उत्कृष्ठ भूमिको रुपमा समेत इलाम अगाडि आउँछ ।चियाको जिल्ला भनेर चिनिने इलाम अन्य थुपै्र कुरामा अगाडि छ । इलामको पहिचान नेपालमै पहिलो चिया बगान सँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू मात्र होइनन्, यहाँको भौगोलिक बनोट, नगदे बालीले अनी यसले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया, पशु चौपाया, सिमसार क्षेत्र र झुल्के घाम लगायतले पनि इलाम भित्रिने आगन्तुकलाई आनन्दित तुल्याउँछ ।इलामको चिया बगान विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् । चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला पनि देखन्छि । सफा मौसममा अन्तु डाँडाबाट सूर्योदयसँगै दार्जिलिङ पनि देखिन्छ । माई पोखरी पनि इलामको अर्को पर्यटकीय आकर्षणको केन्द्र हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया