Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – बेलायतको संसदमा मंगलवार एक रोवोटले अंग्रेजीमा भाषण दिएको छ । बेलायती संसदीय इतिहासमा रोवोटले यसरी धाराप्रवाह भाषण दिएको यो पहिलोचोटी हो ।

एनएचकेका अनुसार मानिसले जस्तै चलायमान गतिबिधि गर्ने जापानमा बनेको सो रोवोटले धाराप्रवाह भाषण दिन थालेपछि बेलायतका संसदहरु अभिरुचीका साथ उसको भाषण सुनेका थिए ।

जापानको दुरसञ्चार कम्पनी सफ्टबैंक समुहद्वारा नीर्मित सो पेपर रोवोट ज्येष्ठ नागरिकहरुको सहयोग गर्ने उद्देश्य रहेको जापान-युरोपियन संघको संयुक्त अनुसन्धान परियोजना अन्तर्गत मिडिलसेक्स विश्वविद्यालयमा राखिएको छ ।

रोवोटले संसदमा सम्बोधन गर्दै परियोजनाको उद्देश्य प्राप्तीका लागि ज्येष्ठ नागरिकहरुमा स्वावलम्वी क्षमताको बृद्धि गरी एकलकाँटेपनमा कम गरिनुपर्ने र उनीहरुमा रहेको बौद्धिक क्षमताको बिकास एवं सुधार गरिनुपर्ने लगायतका बिषयमा जोड दिएको थियो ।

बदलिदों विश्वपरिवेशमा कृत्रिम बुद्धिमत्ताको उपयोग गर्दै जारी चौथो औद्योगिक क्रान्तिमा मानव जीवनको भूमिकाको बारेमा सांसदहरुले जिज्ञासा राखेका थिए ।

प्रत्युत्तरमा रोवोटले वैचारिक क्षमता भएको मानवीय गुणको सँधै आवश्यकता रहीरहने बताएको थियो । नविन विचार उत्पन्न गर्न सक्ने क्षमता भएकोले मानवहरु नयाँ नयाँ मुल्य मान्यताअनुसार फरक ढंगले सोच्ने र सोहीअनुसार उद्देश्य प्राप्तीका लागि अत्याधुनिक कृत्रिम साधनहरुको आविष्कार हुने गरेको उसले बताएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया