Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । गिल्डर डिस्कभरी इन्स्टिच्यूटका सहसस्थापक पनि हुन् ।

उनका अनुसार इन्टरनेट प्रयोगकर्ताले एक दिन आफ्नो डाटाको स्वामित्वको हकका लागि आवाज उठाउनेछन् । आगामी दिनमा इन्टरनेट प्रयोगकर्ताको रुची ब्लकचेन जस्ता प्रविधितर्फ बढ्नेछ ।

ब्लकचेन टेक्नोलोजी यस्तो प्लेटफर्म हो जहाँ केवल डिजिटल करेन्सी मात्र होइन, कुनैपनि चिजलाई डिजिटल रुपमा परिवर्तन गरी रेकर्ड राख्न सकिन्छ । यसअर्थ ब्लकचेन एक डिजिटल लेजर हो । उनका अनुसार आगामी दिनमा प्रयोगकर्ताले आफ्नो डाटाको गोपनियताका विषयमा अधिक नियन्त्रणको माग गर्नेछन् ।

अनि नयाँ इन्टरनेट प्रविधिका कारण अहिलेको सर्च इन्जिन दिग्गज गुगललाई झट्का लाग्नेछ । किनकि प्रयोगकताहरुले आफ्ना डाटा तथा जानकारीहरु आफैंसँग राख्न पाउने अधिकारको माग गर्न सक्दछन् ।

यसो भएमा इन्टरनेटमा व्यवसायलाई निकै बढावा मिल्नेछ । तर यो डब्लु डब्लु डब्लुको सुरुवाती दिनहरु जस्तो हुनेछैन । उदाहरणका लागि अनलाइन न्यूज साइटहरुले आफ्ना सामाग्रीहरु प्रयोगकर्तालाई माइक्रो पेमेन्ट्समा बेच्न सक्दछन् । यसो गर्दा विज्ञापनमा निर्भरताको पनि अन्त्य हुने दाबी उनको छ ।

गुगल आफ्नो यूगको अन्त्यतर्फ अग्रसर रहेको दाबी उनले पुस्तकमा गरेका छन् । खासगरी इन्टरनेटमा सेक्योरिटीको विषयलाई पन्छाउँदै जानु, धेरै प्रडक्टहरु सित्तैमा दिनु तथा विज्ञापनिक रणनीतिबाट पैसा कमाईमा निर्भर हुनेजस्ता कुराहरु गुगलको पतनका कारक तत्व रहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया