Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –  इन्डोनेशियामा शुक्रबार आएको भूकम्प र सुनामीमा अहिलेसम्म कम्तिमा १३ सयको मृत्यु भइसकेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अधिकारीले मृतकको संख्यामा थप वृद्धि हुने आशंका गरेका छन् । यो त्रासदीको पाँच दिनपछि सबैभन्दा धेरै प्रभावित शहर पालूका केही तस्बिर सार्वजनिक भएका छन् । यी तस्बिरले यहाँ भूकम्पपछि आएको सुनामीको तहसनहस बयान गर्छ ।

हेर्नुहोस्, कति क्षती पुगेको छ ।

अन्तर्राष्ट्रिय संस्था रेड क्रसका अनुसार उक्त भूकम्पबाट लगभग १६ लाख मानिस प्रभावित भएका छन् । यस्तै संयुक्त राष्ट्रका अनुसार लगभग १० लाख मानिसहरुलाई तत्काल मद्दतको आवश्यकता छ ।

जतिबेला भूकम्पको झट्का आयो, त्यतिबेला थुप्रै मानिसहरु समुन्द्रको किनारामा पर्वको तयारी गरिरहेका थिए । अब पालूका वरिपरिका पेटोबो जस्ता इलाका पूर्ण रुपमा फोहोरले ढाकिएका छन् ।

एक अनुमानका अनुसार बालारोआमा लगभग एक हजार सात सय घर र पेटोबोमा सयौं घर ढलेका छन् । यसबाहेक क्रिस्चन स्टडी समूहका ३० बालबालिकाको मृत्यु भएको छ ।

 

पालू शहरको पश्चिमी भागलाई पूर्वी भागसँग जोड्ने एक सय २७ मिटर लामो जिमालम पूल पूर्ण रुपमा ध्वस्त भएको छ । करिब तीन लाख ५० हजार मानिसले यो पूल प्रयोग गर्दथे ।

सुनामीले पालू शहरलाई भग्नावशेषले भरिदिएको छ । यहाँ पानी, बिजुली र खानेकुराको हाहाकार मच्चिएको छ । बाटोमा छरिएका भग्नावशेषले यातायात रोकिएको छ ।

मानिसहरु भग्नावशेषलाई आफूलाई काम लाग्ने वस्तुको खोजी गरिरहेका छन् । पाल वा भान्छाका सामानले उनीहरुलाई निकै सहयोग गर्न सक्छन् ।

धेरैजसो मृतकलाई खाल्डो खनेर सामूहिक रुपमा गाडिएको छ । यद्यपी, थुप्रै शव अहिले पनि भग्नावशेषको मुनी दबिएका हुनसक्ने आशंका गरिएको छ ।

इन्डोनेशियाली सेनाले एयरपोर्टमा कमान सम्हालेको छ ता कि घाइते र आवश्यक परेकालाई राहत सामग्री सजिलै पुर्याउन सकियोस्  ।

अहिले पनि पालू एयरपोर्टमा हज्जारौं मानिस फसेका छन् र यहाँबाट बाहिर निस्कने प्रतिक्षामा छन् ।

तपाईको प्रतिक्रिया