Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले साहित्यको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताउनुभएको छ । उहाँले साहित्यलाई बिकाससंग जोडेर मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सकिने विचार ब्यक्त गर्नुभयो । उहाँले प्राकृतिक भूबनोटका हिसाबले नेपाललाई स्वीजरल्याण्ड भन्दा राम्रो बनाउन सकिने बताउनुभयो । त्यसका लागि विदेशमा रहेका युवाहरु जुर्मुराउन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
टोकियोमा आयोजित रात्रीभोजसहितको एक साहित्यिक भेटघाट कार्यक्रममा बोल्दै प्रा. पाँडेले नेपाली साहित्यमा हाइकुको प्रवेश त्यति पुरानो नभए पनि यसको बिकासका लागि निरन्तर गरिएको प्रयास र मिहिनेत पछि आजको अवस्थामा ल्याउन सकिएको बताउनुभयो । नेपाली साहित्यमा हाइकुको बिकास र बिस्तारका लागि प्रवासबाट प्रकाश पौडेल ‘माइला’ ले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो ।

आइतवार टोकियोमा हुन गईरहेको अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सवमा भाग लिन आउनुभएका अतिथिहरुको स्वागतमा रात्रीभोज सहितको साहित्यिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

अतिथिहरुमा नेपालबाट केन्द्रका अध्यक्ष प्रा. पाँडे, अश्विनी कोइराला, शिरोमणि दवाडी, किरण पौडेल, विजयराज आचार्य बेलायतबाट कृष्ण बजगाँइ र यहिमे जापानबाट प्रभा बराल हुनुहुन्छ ।

महोत्सव नेपाल हाइकु केन्द्र र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको संयुक्त आयोजनामा हुन लागेको हो ।

ख्यातीप्राप्त जापानी साहित्यकारहरुको समेत सहभागिता रहने हाइकु महोत्सवमा उत्साहजनक उपस्थितिका लागि जापानबासी नेपालीहरुमा अपिल गरिएको छ ।

आयोजक स्रोतका अनुसार महोत्सवमा नेपाली साहित्यमा हाइकुको विकास क्रम र अबका आयामहरु बारेमा विभिन्न साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने ९ वटा साहित्यिक कृतिको एकैचोटी विमोचन हुने भएको छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया