Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – हाम्रो देशमा उसै त नेताहरुको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरुलाइ जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन । उता अमेरिकामा भने जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो सहरको मेयर चुनेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ । दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज ।

मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ । नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरु तथा सञ्चार माध्यमसँग धेरै भन्दा धेरै तस्वीर खिचाउनु रहेको छ । साथै सहरमा हुने हरेक सार्वजनिक कार्यक्रममा मेयर अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ । स्मरण रहोस् एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरुको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानूनी मान्यता भने पाएका छैनन् ।

-एजेन्सी 

तपाईको प्रतिक्रिया