Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गर्नुभयो ।  सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उहाँका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उहाँका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गर्नुभएको थियो ।

यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस (रौतहट), स्व नोना कोइराला (मोरङ), अमिक शेरचन (चितवन), बर्मन बुढा (रोल्पा) र रामकुमारी यादव (धनुषा) ले पाउनुभयो । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित हुनुभएको थियो ।

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित हुनुभएको थियो । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) हुनुहुन्छ ।

यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ व्यक्तित्व विभूषित हुनुभएको थियो । यसरी विभूषित हुनेमा नवीनकुमार घिमिरे (आयुक्त, अदुअआ), श्रीपुरुष ढकाल (सदस्य, लोकसेवा आयोग), प्रा डा तीर्थ खनियाँ (उपकुलपति, त्रिवि), प्रा डा रामकण्ठ माकाजु (उपकुलपति, काठमाडौँ विश्वविद्यालय), प्रा चिरञ्जीवी शर्मा (उपकुलपति, पोखरा विश्वविद्यालय), प्रेमकुमार राई (सचिव, गृह मन्त्रालय), महेन्द्रमान गुरुङ (सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय), दिनेशकुमार थपलिया (सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र डा ताहिर अली अन्सारी (पूर्वान्यायाधीश सर्वोच्च अदालत) हुनुहुन्छ ।

अषेश मल्ल (कलाकार), पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय (नेपाली सेना), प्रकाश अर्याल (पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी), सिंहबहादुर श्रेष्ठ (पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल), शैलैन्द्र खनाल(सशस्त्र प्रहरी महानिरीक्षक), ईश्वर हमाल( उपरथी, नेपाली सेना), रवीन्द्र क्षत्री(मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना), यादवप्रसाद कोइराला(प्रशासकीय अधिकृत, कामपा), भेषनाराण दाहाल(महानिर्देशक,पुरातत्व विभाग), डा रामदयाल राकेश (साहित्यकार, सर्लाही) र प्रदीपकुमार राई ‘व्याकुल माईला’(साहित्यकार, ओखलढुङ्गा) हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभूषण २१, सुप्रबल जनसेवाश्री विभूषण ११९, कीर्तिमय राष्ट्रदीप विभूषण पाँच, प्रबल जनसेवाश्री विभूषण १४० र जनसेवाश्री विभूषणबाट ४५ व्यक्तित्वलाई विभूषित गर्नुभयो ।

पत्रकार विभूषित 
पत्रकार पुरुषोत्तम दाहाल सुप्रबल जनसेवाश्री, गोविन्द चिमौरिया, सचिन पोखरेल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, कृष्ण कँडेल, वसन्तप्रकाश उपाध्याय प्रबल जनसेवाश्री तथा अशोककुमार दत्त, धैर्यकान्त दत्त, दिलीप थापा मगर र सन्तोष न्यौपाने जनसेवाश्रीबाट विभूषित हुनुभएको छ । जनसेवाश्री विभूषणबाट भने समाजसेवी सञ्जीव थापा, जोगेन्द्र भगत, हरिबहादुर भण्डारी र शोभा गुरुङ विभूषित हुनुभएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया