Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  पुरुष धेरैजसो स्मार्ट बन्ने चक्करमा आफ्नी पार्टनरलाई जे पनि भनिरहेका हुन्छन् । यदि तपाईंलाई आफ्नो सम्बन्धबारे चिन्ता छ र यसलाई दीर्घकालसम्म टिकाइराख्न चाहनुहुन्छ भने केही बोल्नुअघि एकपटक अवश्य पनि सोच्नुहोस् । आज हामी तपाईंलाई यस्ता केही कुरा बताउँदैछौं जुन तपाईं आफ्नी प्रेमिका र श्रीमतीलाई कहिले पनि भन्नु हुँदैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्ता वाक्यांशले तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ ।

१. ‘के तिमी यो सबै खान सक्छौ ?’

धेरैजसो पुरुष आफ्नो महिला साथीसँग बाहिर खान जान्छन् । यस्तो भेटघाटमा महिलाको मुड निकै राम्रो हुन्छ । तर कहिले काँही खाना मगाएपछि ‘के तिमी यो सबै खान सक्छौ ?’ भनेर सोध्ने गर्छन् । तपाईंले केयर गरेरै भन्नुभएको होला तर यस्तो  भनाईले तपाईंकी प्रेमिका वा श्रीमतीको मुड खराब हुन्छ र यसको गलत अर्थ निकाल्नेछिन् । जुन तपाईंहरुबीचको झगडाको कारण बन्न सक्छ ।

२. ‘ओहो, ती महिला निकै राम्री छिन्’

पार्टनर अगाडि हुँदा बिर्सेर पनि अरु महिलाको तारिफ नगर्नुहोस् । तपाईंकी पार्टनर चाहन्छिन् कि तपाईं उनीसँग हुँदा उनको मात्रै तारिफ गर्नुहोस् ।

३. ‘तिमी तिम्रो आमाले जस्तै कुरा गरिरहेको छौ’

यस्ता आशय निस्कने कुनै पनि वाक्यको प्रयोग नगर्नुहोस् । पार्टनरको तुलना कहिले पनि उनकी आमा, दिदी बहिनी वा साथीसँग नगर्नुहोस् किनभने हरेक आफ्नो अलग पहिचान चाहन्छन् ।

४. ‘मेरी पूर्व प्रेमिका त यस्तो गर्दिनथिन्’

यस्तो भन्ने गल्ती त गल्तीपूर्वक पनि नगर्नुहोस् । पूर्व प्रेमिकाको तारिफले तपाईंको अहिलेको सम्बन्ध टुङ्गिन सक्छ ।

५. आइ लभ यूः

यी तीन शब्दको प्रयोग कहिले पनि नगर्नुहोस् यदि तपाईं मनबाटै यसो भनिरहनुभएको छैन भने । युवतीलाई निकै सजिलै थाहा हुन्छ कि तपाईंले कहिले वास्तविक रुपमा नै आइ लभ यु भनिरहनुभएको छ र कहिले झगडा वा परिस्थितीबाट भाग्नका लागि यसो भन्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया