काठमाडाैं – श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व धुमधामले मनाइदैँछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा
जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।
जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।
जनैपूर्णिमाका दिन आइतबाट ब्राम्हणको हातबाट हातमा जनै लगाउदै मध्यपुरथिमि नगदेशका स्थानीय ।

पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिरमा रक्षाबन्धन ग्रहण गर्दै सर्वसाधारण ।
जनैपूर्णिमाका दिन आइतबाट ब्राम्हणको हातबाट हातमा जनै लगाउदै मध्यपुरथिमि नगदेशका स्थानीय ।
जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै युवती ।
जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै बालिका ।
जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै युवती ।
तस्बिर :- रासस
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार भदौ १०, २०७५
प्रकाशित समय: १९:०९:४२