Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ । विसं २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताउनुभयो । उहाँले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताउनुभयो । निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ ।

मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताउनुभयो । उहाँले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिनुभयो । ‘अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ’, उहाँले भन्नुभयो, “यो संख्या अझ बढ्न सक्छ ।’  यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन् । भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ । ‘परिषद् कार्यालयले पटक पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्”, उहाँले भन्नुभयो, ‘नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौँ ।’

प्रम कार्यालयद्वारा नाम सार्वजनिक 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृताद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बद्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरुले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए तापनि अब चाँडै राखिने बताउनुभयो । वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया