Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – मानिसका रहर र शोख धेरै हुन्छन् । सामाजिक बन्धनमा बाँधिएर धेरैले आफ्ना रहरलाई कुल्चिन्छन भने केहीले सामाजिक बन्धनको पर्खाललाई नै भत्काएर आफ्ना सपना साकार पार्छन । यसको एक ज्वलन्त उदाहरण हुन सेल्वरानी कनगारासू । भारतको तमिलनाडू प्रदेशको मुदरै जिल्लाको मेलूर गाउँमा बस्ने सेल्वरानीले पनि सामाजिक बन्धनको पर्खाललाई भत्काएर आफ्नो सोच र सपना पूरा गर्न लागिन र अविवाहित बसेरै भएपनि सपना पूरा गर्न सफल बनिन् । भनिन्छ- महिलाको लागी विवाह जीवनको रङ्गिन पल हो । समाजमा एकल वा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यस कारण आफ्नो सपना त्यागेर पनि प्राय महिलाहरु विवाह गरेर घरजम मै रमाउने गर्छन् । घरजम गर्ने परिवार र सन्तानसँग रमाउने सोच भएपनि आफ्नो रहर पूरा गर्न ४८ वर्ष पुगेकी सेल्वरानीले विवाह गर्नुको साटो साँडे पालेर आफूले पालेका साँडेलाई जल्लीकट्टू प्रतियोगितामा सहभागि गराइन् । सानैदेखिको उनको सपना पनि यही थियो । विवाह गरेमा आफ्नो सपना पूरा नहुने भन्दै उनी अविवाहित बसेको कहानी सुनाउँछिन् । उनका हजुरबुबा मुत्थुस्वामी र पिता कनगरासूका पालामा साँडेको रेखदेख र हेरचाह गर्नु भनेको बच्चा हुर्काउनु जस्तै हो भन्ने मान्यता थियो । तर जब जिम्मेवारी उनका भाइको काँधमा आइपुग्यो, उनीहरुसँग यो कामका लागि समय थिएन । आफ्ना बाबुबाजेको कामलाई निरन्तरता दिने प्रण सेल्वरानीले गरिन । अनि साँडे पालनमा लागिन् । उनले साँडेको नाम रामु राखेकी छिन् । पुरुषले मात्र साँडे समाहाल्नुपर्छ भन्ने परम्परा उनले तोडेकि छिन् । सम्हाल्ने पुरुषले तर साँडे बस्ने ठाउँ सफा गर्ने, खानाको व्यवस्था गर्ने मात्र महिलाले किन भन्ने प्रश्नको उत्तर आफैले साँडे पालेर पाएकी छिन् । शुरुमा केही असहज लागेपनि अहिले आफू आफ्नो निर्णयप्रति सन्तुष्ट रहेको उनको भनाई छ । सेल्वरानी आफूलाई कहिल्यै पनि एक्लो सोच्दिनन् । उनले एउटा साँडेलाई आफ्नो परिवारको सदस्य बनाएकी छिन् । सेल्वरानी खेतमा मजदुरीको काम गरेर आफ्नो र रामूको पेट पाल्छिन् । रामूलाई अरु साँडेको जस्तो सादा खाना हैन, एक खेलाडी साँडेलाई दिने खाना जस्तै नरिवल, केरा, तिल, खजूर, भात आदि दिने गर्छिन् । रामूको खानाको लागी मात्र दिनको पाँच सय खर्च गर्ने गर्छिन् । आफूलाई कमी भएपनि रामूको खानामा कमी नहोस भन्ने उनको चाहना छ । वर्षमा एक पटक हुने जल्लीकट्टू खेलमा आजसम्म रामूले सात पटक भाग लिँदा पाँच पटक उपाधी नै जित्न सफल भएको छ । कसैको बसमा नआउने साँडेलाई दुब्ली पातली सेल्वरानी आफ्नो हातले उनको सिङ समातेर शान्त पार्ने गर्छिन् । रामूको सिङ यति धेरै बलियो छ कि जस्तो बलियो व्यक्तिलाई पनि उचालेर फाल्ने शक्ति छ । शाहसिक काममा महिला पनि सक्षम छन भन्ने उदाहरण बनेकी उनले आफ्नो यो कामले मनलाई शान्ति दिनुका साथै खेल जित्दा खुसी र गर्व लाग्ने गरेको बताउने गरेकी छन् । –बीबीसी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया