Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – कोलम्बिया संसारभरी लागुऔषध तस्करीका लागि बदनाम छ । यहाँ वर्षौंदेखि लागुऔषध तस्करी मौलाइरहेको छ । यस्तो तस्करीले यहाँ अनगिन्ती हिरो र भिलेनको उदय भइसकेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्तोमा सोम्ब्रा नामको एक कुकुरको लागुऔषध तस्करीमा महत्वपूर्ण भूमिका भएका कारण धेरैले उक्त कुकुरको चर्चा गरिरहेका छन् । साथै, यो धेरैका लागि भिलेनभन्दा कम पनि छैन ।

सोम्ब्रा नामको ६ वर्षे जर्मन सेफर्डले अहिलेसम्म दुई सयजनालाई पक्राउ गरिसकेको छ भने ९ टन अवैध लागुऔषध जफत गरिसकेको छ ।

यस्तो सफलताका कारण सोम्ब्रालाई देशको हिरोको रुपमा हेरिएको छ । तर सोब्रा आफ्नो काममा यति पोख्त छ कि कोलम्बियाको प्रमुख लागुऔषध कारोबारीले यसको टाउकोको मूल्य तोकेको छ । यसबारे कोलम्बिया पुलिसले ट्वीट गरेर जानकारी दिएको हो ।

यद्यपी, कुकुरको टाउकोको मूल्य बारे भने विभिन्न संचारमाध्यमले भिन्न जानकारी दिएका छन् । कसैले यसको मूल्य सात हजार डलर तोकिएको छ भनी जानकारी दिएका छन् भने कतिले ७० हजार डलर तोकिएको बताएका छ  ।

यस्तो समाचार सार्वजनिक भएपछि सोम्ब्राको सुरक्षाका लागि थप सावधानी अपनाइएको छ ।‘सोम्ब्रालाई हानी पुर्याउन खोज्नु र यसको टाउकोको मूल्य यति धेरै तोकिनुमा उसको प्रभाव निकै राम्रो छ भन्ने थाहा हुन्छ, ’ पुलिसका प्रवक्ताले टेलिग्राफलाई भने ।

सोम्ब्रा पछिल्लो दुई वर्षदेखि कोलम्बियाको पुलिस विभागमा काम गरिरहेको छ । दुई ठूला एयरपोर्टमा सोम्ब्राको ड्युटी छ ।

रिपोर्ट अनुसार पहिलो पटक सोम्ब्राले सन् २०१६ को मार्चमा केरामा निकै गोप्य तरिकाले राखिएको दुई हजार ९ सय ५८ किलो कोकिन जफत गरेको थियो ।   यस्तै, सन् २०१७ मा बेल्जियम पठाउँदै गरेको १.१ टन कोकिन पनि जफत गरेको थियो । गत जूनमा सोम्ब्राको सहयोगमा पुलिसले  ५.३ टन कोकिन जफत गर्न सफल भएको थियो ।

सोम्ब्रा बुलेटप्रुफ गाडीमा यात्रा गर्छन् । योसँगै दुई बन्दुकधारी पनि हुन्छन् । एयरपोर्टको पीक आवरमा करिब ६ घण्टाका लागि कुकुरलाई ड्युटीमा राखिन्छ । यो कुकुरसँग काम गर्ने पुलिसकर्मीका अनुसार यो निकै तेज छ ।

तपाईको प्रतिक्रिया