Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – गर्मीमा पसिना आउनु साधारण कुरा हो । फरक यति मात्र हो कि कोहीलाई कम आउँछ त कोहीलाई धेरै । पसिनाका कारण शरिरबाट दुर्गन्ध आउन थाल्छ त्यो पनि विशेषगरी खुट्टाबाट । दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ जसका कारण दुर्गन्ध आउन थाल्छ । यसले कतिपटक अप्ठेरो स्थितीसमेत निम्त्याउँछ । आज हामी तपाईंलाई यस्ता घरेलु उपाय बताउँछौं जसको प्रयोग गरेर तपाईंको यो समस्या तत्काल राहत पाउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चियापत्ती राखिएको पानीः

पानीमा चियापत्ती राखेर थोरै उमाल्नुहोस् । जब पानी हल्का तातो भएपछि त्यसमा खुट्टालाई आधा घण्टासम्म डुबाउनुहोस् । घर फर्किएपछि दैनिक यस्तो गर्नुहोस् ।

नुन भएको पानीः

नुन राखिएको पानीले पनि तपाईंको पसिनाको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । यसले छालालाई सुख्खा बनाउँछ र पसिना आउनबाट रोक्छ । एउटा भाँडोमा तातो पानी राखेर त्यसमा नुन मिसाउनुहोस् । नियमित रुपमा नुन राखिएको मनतातो पानीमा २० देखि ३० मिनेटसम्म डुबाएर राख्नुहोस् ।

एप्पल साइडर भेनेगरः

मनतातो पानीमा एप्पल साइडर भेनेगर राखेर खुट्टालाई केही बेरसम्म त्यसमा राख्नुहोस् । त्यसपछि खुट्टालाई राम्रोसँग पुछ्नुहोस् र जुत्ता लगाउनुहोस् ।  हप्तामा दुईपटक यसो गर्नुहोस् ।

साबुनले धुनुहोस्ः

अफिसबाट फर्किएपछि दैनिक खुट्टालाई साबुनले मनतातो पानीले  धुनुहोस् । यस्तो गर्दा दुर्गन्ध पैदा गर्ने जिवाणु नष्ट हुनेछ ।

तपाईको प्रतिक्रिया