Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –  विश्वकप विजेता फ्रेन्च फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । रुसमा सम्पन्न विश्वकपको उपाधिसहित देश फर्किएको टिमलाई सोमबार पेरिसमा नागरिकहरुले भव्य स्वागत गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पेरिसको सहरमा फ्रेन्च फुटबल टोलीले विश्वकपको ट्रफीसहित विजय र्‍याली निकालेको थियो । हजारौं फुटबलप्रेमीहरु सडकमा निस्किएर टोलीलाई साथ दिएका थिए ।

यसअघि, पेरिसको विमानस्थलमै उनीहरुलाई भव्य स्वागत गरिएको थियो । विश्वविजेता टोलीलाई फ्रान्सको सार्वोच्च सम्मान‘ लिजेन दी ओनोर’बाट सम्मानित गरिने बताइएको छ ।

२० वर्षअघि आफ्नै देशमा आयोजित विश्वकप फुटबलको उपाधि जित्दा पनि पेरिसमा यस्तै उत्सव मनाइएको थियो । रुसी राजधानी मस्कोमा फ्रान्सले विश्वकप जितेपछि समर्थकहरुले रातभर उत्सव मनाएका थिए । सोक्रममा केही सहरमा झडपसमेत भएको थियो ।

पेरिस, लियों, रौन, स्टासवर्गलगायतका सहरमा झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको बताइएको छ । उता, विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित हुँदै उपविजेतामै सीमित बनेको क्रोएसियालाई पनि स्वदेशमा भव्य स्वागत गरिएको छ ।

क्रोएसियाको राजधानी जाग्रेबमा रहेको बाना जेलासिका स्क्वायरमा हजारौं नागरिकले लुका मोड्रिचको कप्तानीमा रहेको टोलीलाई स्वागत र सम्मान गरेका हुन् ।

रुसमा सम्पन्न विश्वकप फुटबल क्रोएसियाका लागि अहिलेसम्मकै सफल विश्वकप हो ।सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको क्रोएसिया प्रतियोगिताको फाइनलसम्म पुगेको यो नै पहिलो अवसर हो ।

तपाईको प्रतिक्रिया