Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौ – क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

news

काठमाडौं, असार ३२ । क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ । यसअघी सन् १९९८ को बिश्वकप उपाधी जितेको फ्रान्स दोस्रो पटक बिश्व च्याम्पियन बनेको हो ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा भएको खेलमा फ्रान्सले आत्मघाती गोलमार्फत अग्रता लियो । एन्टोनियो ग्रिजमनको फ्रिकिक क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्जुकिचले आत्मघाती गोल गर्न पुगे ।

एक गोलले पछि परेको अवस्थामा क्रोएसियाका इभाँ पेरिसिचले गोल गर्दै खेल बराबरी गरे तर ग्रिजमनले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा फ्रान्सकालागी केलियन एमबाप्पे र पाउल पोग्बाले लगातार दुई गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाए ।

खेलमा त्यसपछि फ्रान्सका गोल रक्षक लोरिसको गल्तिमा मारियो मान्जुकिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काउने प्रयास गरेका थिए तर बाँकी समयमा कुनै गोल हुन नसकेपछि पहिलो पटक फाईनल खेलेको क्रोएसिया दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

सेमिफाईनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इंग्लण्डलाई पाखा लगाउँदै क्रोएसिया फाईनलमा आइपुगेका थिए ।

तेस्रो पटक फाईनल खेल्दा दोस्रो पटक च्याम्पीयन बनेको फ्रान्सले १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको थियो । यस्तै, सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा फ्रान्स ईटालीसँग पराजित भएको थियो ।

उता क्रोएसिया स्न १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा तेस्रो भएको थियो । क्रोएसियाले फाईनलसम्म आईपुग्दा सबै ६ खेल जितेको थियो भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेलमा बराबरी गरेको थियो ।

तपाईको प्रतिक्रिया